कावासाेती । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरको विनयी खोलामा डाइभर्सन बाढीले बगाएको छ । बाढीले डाइभर्सन बगाएसंगै उक्त मार्ग भएर चल्ने सबै सवारी साधन अबरुद्ध भएकाे छ ।
मनसुन सक्रिय भएसँगै नवलपरासी आसपासका क्षेत्र पानी पर्नेक्रम बढेको छ । हिजो पानी परेर बाढीआएपछि विनयी खोलाको डाइभर्सन बगाएको हो । डाइभर्सनमाथिबाटै पानी बगेको छ ।
यात्रुबाहेक बस र साना गाडी होङ्सी सिमेन्टको गेट हुँदै दुम्किबास बजार निस्किने गरेका छन् । तर, दुम्किबास दाउन्नेको उकालोमा पनि समस्या छ । नवलपरासीको दाउन्ने खण्डमा गाडी एकतर्फी चलेका छन् ।


