पर्सा । विरगंज महानगरपालिका–६ रेशमकोटीबाट सशस्त्र प्रहरीले लुकाएर राखेको अवस्थामा २२ लाख ७१ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेकाे छ ।
रेशमकोटी एक घरमा भारतबाट अवैध रुपले ल्याएकाे लत्ताकपडा लुकाई गोदाम गरि राखेको भन्ने विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म विरगंज र भन्सार कार्यालयको संयुक्त टोलीले आइतबार सांझ छापा मारेको हाे ।
छापाका क्रममा ठूलो मात्रामा फेन्सी कपडा बरामद भएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता एवं प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले बताए ।
बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि सोमबार बिरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको पनि उनले जानकारी दिए ।



