सुनसरी । जिल्लाको धरान उपमहानगरपालिका–१३ शिवधारा स्थित कोशी लोकमार्गबाट आज सशस्त्र प्रहरीले २ हजार १३० किलोग्रम गाजाँसहित ट्रक नियन्त्रणमा लिएको छ ।
भेडेटारबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०८४८ नम्बरको ट्रकमा राखी ल्याउँदै गरेको ७० बोरा गाँजा तथा ३१ बोरा अदुवा र तरकारीसहितको ट्रक विशेष सूचनाको आधरमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश धरानले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सह-प्रबक्ता प्रहरी नायब उपरिक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार गाँजा ल्याउने व्यक्ति तथा ट्रकका चालक भने फरार रहेका छन् । बरामद गाँजा तथा तरकारी र ट्रक आवश्यक कारवाहीको लागि सम्बन्धित नियकायमा बुझाइएकाे पनि उनले बताए ।



