भोजपुर । भोजपुरमा श्रीमतीकाे कुटपिटबाट श्रीमानकाे ज्यान गएको छ । घरायसी विवाद हुँदा श्रीमतीले कुटपिट गरेका श्रीमान गम्भीर घाइते भएका थिए ।
कुटपिटबाट भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको ज्यान गएको भाेजपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
बिहीबार बेलुका घरायसी विवादका क्रममा श्रीमतीले कुटपिट गरेका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले उपचारका लागि लैजाने क्रममा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो ।
कुटपिटमा संलग्न रहेकाे आराेपमा श्रीमती सुमित्रालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरी रहेकाे जनाएकाे छ ।



