काठमाडौं । भारतको अहमदावादमा हिजाे भएकाे एयर इन्डियाको जहाज दुर्घटना हुँदा २४१ जनाले ज्यान गुएका छन् । एयर इण्डिया आफैंले सोसल मिडिया एक्समार्फत् यो जानकारी दिएको हो । तर साेही दुर्घटनामा १ जना भने जिवितै फेला परेका छन् ।
घटनास्थलको अवलोकन गरेका भारतीय गृहमन्त्री अमित शाहले पनि विमानमा रहेका कुल २४२ जनामध्ये १ जना मात्र बाँच्न सफल भएकाे र उनीसँग आफूले कुराकानी गरेको जानकारी पत्रकारहरुलाई दिएका छन् ।
विहीबार दिउँसो भारतीय समय अनुसार २:३८ मिनेटमा अहमदावादबाट बेलायतको लण्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७-८ विमान २ बजेर ४० मिनेटमै खसेर आगो लागेको थियो ।
टाटा कम्पनीको स्वामित्वको उक्त विमानमा २३० यात्रु र १२ जना ‘क्रु मेम्बर’ (चालक दलका सदस्य)हरु थिए । १ जना यात्री भने उछिट्टिएर बाँच्न सफल भएका छन् । उनको उपचार जारी छ । ती यात्री भारतीय मूलका ब्रिटिश नागरिक भएकाे पुष्टी भएकाे छ ।


