काठमाडाैं । नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया विजयी भएका छन् ।
उनले प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतको झिनो अन्तरले पराजित गर्दै कडरिया अखिलको अध्यक्षमा निर्वाचित भएका हुन् ।
कडरियाले ७३२ मत पाउदा पौडेलले ७२५ मत पाएका थिए ।
उपाध्यक्षमा विकास श्रेष्ठ र अञ्जना शिवाकोटी, महासचिवमा दिपक धामी, उपमहासचिवमा कमल जोशी तथा सचिवहरूमा आकाश घर्ती, रचना सापकोटा, समिम बाबु र गोपाल नेपाल विजयी हुनुभएको छ ।
विद्युतीय मेसिनबाट भएको मतदानमा १ हजार ५५१ मध्ये १ हजार ४५० मत खसेको थियो ।




















