काठमाडौं । भारतको अहमदाबादमा एयर इन्डियाको ड्रिमलाइनर विमान दुर्घटना भएको छ । विमानमा गुजरातका पूर्वमुख्यमन्त्री समेत सवार भएको खुलासा भारतीय सञ्चारमाध्यमहरुले गरेकाे छ ।
अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज उडेकाे २ मिनेटमै भुइमा खसेको थियो । २४२ यात्रु सवार एयर इन्डियाको ड्रिमलाइनर विमानमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी समेत सवार रहेको भारतीय समाचार संस्था दैनिक भास्करले जनाएको छ ।
अहमदावादबाट लण्डनका लागि उडेको बोइङ एआई १७१ जहाज केही मिनेटमै भुइमा खसेको थियो । भारतीय समय अनुसार १:३८ मिनेटमा जहाज टेकअफ गरेको थियो । लगत्तै जहाज विमानस्थल बाहिर दुर्घटनामा परेको हो । अहिले उद्धारको काम जारी छ ।


