तनहुँ । बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट १ जना बालकको ज्यान गएको छ ।
साेमबार बेलुका चितुवाले आक्रमण गर्दा ६ वर्षीय उत्सव गुरुङको ज्यान गएको तनहुँ प्रहरीले पुष्टी गरेकाे हाे ।
आँगनमा खेलिरहेको अवस्थामा उनलाई चितुवाले आक्रमण गरेको थियो ।
चितुवाको आक्रमणबाट गंभिर घाईते भएका बालककाे उपचारका लागि बन्दीपुर अस्पताल लगिए पनि डाक्टरले मृत घोषणा गरेका थिए ।


