एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितहरूको संख्या तीव्र गतिमा बढिरहेको छ । शनिबार मात्रै ३७८ नयाँ संक्रमित फेला परेसँगै देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ जना पुगेको भारतिय सञ्चार मध्यामहरुले जनाएकाे छ । संक्रमित मध्य १ हजार ९५० जना केरलाका छन् ।
भारतिय स्वास्थ्य विभागका अनुसार पछिल्लो ९ दिनमा मात्रै ३ हजार ४२३ जना नयाँ संक्रमित थपिएका छन् भने ५८ जनाको ज्यान गइसकेको छ ।
भारतमा दैनिक औसतमा करिब ४०० नयाँ संक्रमित फेला पर्न थालेकाे र प्रत्येक दिन ५–६ जनाको ज्यान गएकाे छ । शनिबार मात्रै केरलामा ३, कर्नाटकमा २ र तमिलनाडुमा १ जनाको ज्यान गएको थियाे ।
भारतमा ४ नयाँ भेरियन्टहरू फेला परेका छन् । आईसीएमआर निर्देशक डा. राजीव बहलले दक्षिण र पश्चिम भारतबाट क्रमबद्ध गरिएका भेरियन्टहरू एलएफ.७, एक्सएफजी, जेएन.१ र एनबी.१.८.१ शृङ्खलाका हुन् ।
विश्व स्वास्थ्य संगठनले याे संक्रमणलाइ खासै चिन्ताको विषय मानेको छैन । यद्यपि निगरानी भने गरिरहेका छन् ।
चीन लगायत अन्य एसियाली देशहरूमा कोभिडको बढ्दो संक्रमण देखिँदैछ ।



