काठमाडाैं । अमेरिकाबाट डिपोर्ट गरिएका ३७ जना नेपालीहरू गएराति काठमाडाैं आइपुगेका छन् । अमेरिकाले चार्टर्ड विमानमार्फत उनीहरुलाई काठमाडाैं ल्याएर छाडेकाे हो ।
अमेरिकी कानुन उल्लङ्घन गरेको आरोपमा अमेरिकाबाट डिपोर्टमा परेकाहरु मध्य ३२ जना पुरुष र ५ जना महिला रहेकाे अध्यागमन विभागले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अहिलेसम्म १७७ जना नेपाली डिपाेर्ट परेका छन् ।
अमेरिकाबाट डिपाेर्टमा परेकाहरु मानव तस्करीमा संलग्न संगठित गिरोहलाई मोटो रकम बुझाएर एशिया, युरोप र अफ्रिकाका विभिन्न देश हुँदै अमेरिका छिर्नेहरू बढी छन् ।
केही व्यक्ति भने विभिन्न कार्यक्रममा अमेरिका गएर उतै गैरकानूनी रूपमा बसोबास गर्दै आएका पनि छन् । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले उनीहरूकै देश फर्काइरहेको छ ।




















