फाईल तस्बिर
काठमाडौं । प्रतिनिधिसभा बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।
संसद्मा विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा अवरोध गरेपछि संसद् भोलि २ बजेसम्मका लागि स्थगित भएको हो ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ढिला गरी ६:३० बजे सुरु भएपनि विपक्षी दलहरूले अवरोध कायमै गरेपछि बैठक स्थगित भएको हो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।


