गाेरखा । सप्तकाेशी नदीमा जेठ २३ गते मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासका क्रममा बेपत्ता भएका अर्का जवानकाे पनि मृत्त शरिर आज फेला परेकाे छ ।
आइतबार बिहान खोजिकार्य गर्दा जवान सुरज साउदको शब फेला परेकाे सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सह-प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार हिजाे बेपत्ता भएका मध्य हरदेब राजबंशीकाे शव भाेली पल्ट नै फेला परेता पनि साउदकाे भने आज फेला परेकाे हाे ।
हनुमान नगर कंकालिनी नगरपालिका-१ स्थित कोशी नदीमा मनसुनजन्य बिपद्को पूर्व तयारी स्वरुप प्रदेश स्तरिय विपद् सेमुलेशन अभ्यासको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरी , दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरी र नम्वर ७ गण सिरहाबाट सहित संयुक्त टोलीद्धारा बिहिबार बिहान ७:४५ बजे अभ्यास शुरु भएको थियो ।
तालिमकै क्रममा बिहीबार दिउँसो १५:१० बजे नं. १ श्रीअन्तु गण ईलाम दरवन्दी भई दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत सशस्त्र प्रहरी राजबंशी र नम्वर १३ गण पर्सा दरबन्दी भई नम्वर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद कोशी नदिमा बेपत्ता भएका थिए ।
बेपत्ताहरुकाे खोजी तत्कालै भएता पनि हिजाे रात परेपछी आज बिहान दन्तकाली बिशेष कार्य तालिम शिक्षालय सप्तरीबाट डिएसपि बिजय हमालको कमान्डमा ४ जना गोताखोर सहित ३५ जना र नं. ६ गण सप्तरी बाट बिपद् ब्यबस्थापन तालिम प्राप्त सहित डिएसपि बिपिन देशारको कमान्डमा २० जना सुरक्षा फौज परिचालन गरिएको थियाे ।
थप खोजी तथा उद्दारका लागि सशस्त्र प्रहरी बल नेपाल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटार बाट गोताखोरका अनुभबी प्रशिक्षक डिएसपी पुरुषोत्तम भण्डारी कमान्डमा साउदको शब कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक बाट निकालिएको सह-प्रबक्ता थापाले बताए ।
उनको खोजिमा आज बिहानदेखि ३जना सशस्त्र प्रहरी नायब उपरिक्षकको कमान्डमा ११ जना गोताखोर सहित ६५ जना परिचालन गरिएको थियो ।


