गोरखा । गोरखमा पत्रकार भिमलाल श्रेष्ठ प्रेस काउन्सिल नेपालको सदस्य मनोनित भएका छन् ।
साेमबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङले श्रेष्ठ लगायत अन्य ५ जनालाई काउन्सिलको सदस्यमा नियुक्त गरेका हुन् ।
नवनियुक्त अन्य सदस्यहरूमा नकुल अर्याल, बालकृष्ण अधिकारी, पदमराज जोशी, निमा काफले र शान्तराम विडारी रहेका छन् ।
श्रेष्ठले बिगतमा नेपाल पत्रकार महासंघ गाेरखा शाखाका अध्यक्ष संम्हाली सकेका छ्न् । हाल उनी कान्तिपुर टेलिभिजनमा गाेरखाबाट समाचार संप्रेषण गर्दछन् ।


