×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

दक्षिण भारतीय तीर्थ यात्रा-५ (रामेश्वरमदेखि मधुराइसम्म)

  •  गोरखा समाचार
  • आइतबार, फागुन ११, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    तिलक पाैडेल

    माघ ३ गते बिहीबार बिहान यथासमयमा उठी सिरानको छतमा प्रातस्कालीन योगादि कर्महरू सम्पादन गरेँ । आफन्तजनसँग सम्पर्कको प्रयास ईश्वरीदाइसँगको कुराकानीबाट सफल महसुस गर्दै कोठामा लगेजहरू मिलाई बाहिर निस्केर कफी बिस्कुटले फाष्टलाई ब्रेक गरियो । अनि कोठामा आई तयारी नास्ता गरेर चालक अशोका आएपछि मधुराइतिर रमाना भयौँ ( करिब ८:३० बजे । केही पर पुगेर झोलाहरू बाँधी बाटोमा गीता पाठ गर्नेदेखि मूर्खको परिभाषा गर्नेसम्मका व्यहोराहरू ड्राइफ्रुट्स लगायत मकै, तिलका कुकीज, सातुका लड्डुको नास्ता गर्दै चर्चा गरियो । रामराजापुरममा चिया, जुस, बाराको नास्ता गरी १२:३० (१:३० बजे थिरुप्पुभानमस्थित टेम्पल सिटीमा दक्षिण भारतीय विशेष थाली ९२२००।– प्रति थाली) को भोजन गर्‍यौँ – स्वादिष्टै लाग्यो ।

    खानापछि यात्राकै क्रममा गुगलका सहयोगमा बस्ने होटेलको खोजी गरियो । अन्ततस् २:१५ बजे सुवरासी रेसिडेन्सीको नाममा (एसी सुविधा भएको डबल बेडवाला कोठाको २१,५००।-) श्री मथुरा रेसिडेन्सी चेकइन गरियो । केही समय फ्रेस भई पशुपति र म भोलि रात्रिबसको टिकटको खोजीमा बजार निस्क्यौँ । एउटा कन्भर्टर खरिदी साहुजीलाई नेपाली ५।- रुपैयाँ सोभेनियरका रूपमा दिई वहाँबाटै बसको टिकट रेलवे स्टेशनतिर पाइने जानकारी लिई त्यतैतिर लाग्यौँ ।

    सेडम ट्राभल्समा सम्पर्क गरी सुत्ने सीट भएको बसको टिकट २१२००।– लियौँ । संयोग तिनीहरूसँग सिटी टुरको पनि व्यवस्था रहेछ र २३५०।– का टिकट पनि लिएर होटेल फर्क्यौँ । म आराम र मोबाइल चार्ज गर्न होटेलमा बसेँ । अरू सहयात्री चिया पिउन बाहिरिनु भयो । टिका भाउजू पनि होटेलमै भएकाले संक्षिप्त हिसाब किताबको चर्चा गर्दै थियौँ: उतैबाट मन्दिरको अवलोकनमा जाने खबर गर्न निर्मला आएपनि वहाँहरू मन्दिरतिर गई फर्कनु भयो । सबै मिलेर निस्केर मीनाक्षी भोजनालयमा डोसा, इड्लीको खाना खायौँ । मेडमहरूलाई होटेल जान लगाई हामी दुईले एसबिआई बैङ्कको एटिएमबाट रकम निकाली चिया पिई पानी लिएर होटेलमा फर्क्यौँ । बाटोमा कार्य सम्पादन मूल्याङ्कनमा प्राय: सबैले १००% अङ्क पाउने बारेमा आ-आफ्ना अनुभव शेयर गरियो । होटेल आई भोलि बिहान ६:०० बजे लबीमा भेट हुने रायसाथ आराम गरियो ।

    माघ ४ गते शुक्रवार उठी स्नान गरी ६:४५ बजे मीनाक्षी मन्दिरमा लाइन लागि ८:४५ बजे दर्शन सकी नैवेद्य र अम्बा, चिया खाई होटेलमा आएर झोला मिलाई खाना खान मन्दिर नजिकको होटेलमा गयौँ । खानापछि एउटा टेम्पोमा ठूला सामान र पशुपति जोडी लाई पठाई अरू पैदल सेडम ट्राभल्समा गयौँ । सहरावलोकन गराउने बसमा सामान लोडगर्न आ-आफ्ना लगेज करिब १०० मीटर गुड़ाई सामानहरू बसमै राखेर सहर घुमियो । २:०५ बजे यात्रा आरम्भ गरी थिरुमालाई दरबार, मारियामा तलाउ, गान्धी सङ्ग्रहालय, अलगर विष्णु मन्दिर, बालाजी मन्दिर, हिलस्टेशनको कार्थिक मन्दिर अवलोकन गरी ७:३२ मा बसपार्कमा ओर्लियौँ । हाम्रो गाडी पसल नं. ६० अगाडिबाट लाग्ने भएकाले सोही पसलको खोजी गरी सामान बिसाई पशुपति र हाम्रो जोडी सडकको पारीपट्टिको साराभाना बेकरीको एसी रेष्टुरेन्टमा खाना खायौँ । अरू मेडमहरूको व्रतादिका कारण स्वनिर्मित नास्ता गर्नुभयो । छोराछोरीसँग संक्षिप्त कुराकानी गरी ९:५० मा बस चढी जीवनमा पहिलो चोटि सुत्नमिल्ने सिट भएको बसमा हामी त्यही माथि दुर्गा, टीका र पशुपति जोडी सुत्यौँ र तिरुपति तर्फको रात्रि यात्रारम्भ गर्‍यौँ ।

    क्रमश:…

    …सके सपारौँ, नसके नबिगारौँ…
    #हामीसबैकोकल्याणहवोस्#

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, फागुन ११, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.