बुटवल । बुटवलको तिनाउ नदीले वगाएका २ जना बालक मघ्य १ बालकको ज्यान गएको छ । अर्का १ बेपत्ता भएका छन् ।
बुटवल उपमहानगरपालिका–११ सृजनानगरमा आफन्तकोमा आएका ति बालकहरु पौडी खेल्ने क्रममा हिजो नदीले बगाएको थियो ।
प्रहरीले दिएको जानकारी अनुसार बाग्लुङको बरेङका १२ वर्षीय विवश खत्रीको शव भेटिएको छ । सानी आमाको घरमा आएका खत्री र सैनामैना नगरपालिका बस्ने ८ वर्षीय बिप्रन पाण्डेलाइ तिनाउ नदीले बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
शव फेला परेको र वेपत्ता भएका दुवै जना नाताले दिदी बहिनीका छोरा हुन् । पौडी खेल्न गएका ३ जना मघ्य २ जनालाई नदीले बगाएको थियो ।
बेपत्ता पाण्डेको बिहानैदेखी खोजी भइरहेको प्रहरीले जनाएको छ ।


