काठमाडौं । ललितपुरको ग्वार्कोमा रहेको एक गेस्ट हाउसमा अचेतावस्थामा फेला परेकी युवतीको उपचारका क्रममा मृत्यु भएको छ । ग्वार्कोस्थित सनलाइट गेष्ट हाउसमा आज बिहान अचेत अवस्थामा फेला परेकी थिइन् ।
ललितपुरका प्रहरी उपरिक्षक नरेशराज सुवेदीका अनुसार उनी गोदावरी नगरपालिका ८ डुकुछाप घर भई हाल सातदोबाटो बस्दै आएका १ जना युवकसँग बुधबार गेस्ट हाउसमा आएकी उनी बिहान पख अचेत अवस्थामा फेला परेकी थिइन् । बेहोस भएकी युवतीको बी एण्ड बी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको उनले जानकारी दिए ।
प्रहरीका अनुसार युवतीसँगै रहेका युवकको पनि श्वास प्रश्वासमा समस्या आए पछी उनलाई प्रहरीको निगरानीमा बी एन्ड बी अस्पतालमै उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


