पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको नयाँदिल्ली जाने भएका छन् । घुँडासम्बन्धी समस्याको थप उपचारका लागि मुख्यमन्त्री पाण्डे शनिबार दिल्ली जाने भएका हुन् ।
आफु उपचारको लागि नयाँ दिल्ली जाने भएपछि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई दिएको छ ।
मुख्यमन्त्री पाण्डे नियमित उपचारका लागि दिल्ली जान लागेका हुन । उनी ४ दिनपछी नेपाल फर्कने छन् ।


