रामेछाप । अविरल वर्षापछी आएको पहिरोका कारण रामेछापमा ३ जना बालिकाको ज्यान गएको छ ।
गोकुलगंगा गाउँपालिका–६ फर्पुमा हिजो पहिरोले बिमन तामाङको घर पुरिँदा १८ वर्षकी सीता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङको घटनास्थलमै ज्यान गएको हो ।
खेतमा काम गरेर फर्केका उनीहरु घर भित्र बसीरहेको बेला अकस्मात आएको पहिरोले पुरीएका थिए ।
घरको पछाडिपट्टीको कुलेसोबाट आएको पहिरोमा परेर उनीहरुको ज्यान गएको थियो ।


