काठमाडौं । आजको मन्त्रिपरिषदको बैठकले लीलादेवी गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिव गडतौलालाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।
गडतौलालाई असार ३१ गतेको मन्त्रिपरिषद बैठकले कायममुकायम मुख्यसचिवको जिम्मेवारी दिएको थियो । त्यसअघि असार ९ गते उनलाई निमित्त मुख्यसचिवको जिम्मेवारी तोकिएको थियो ।
गडतौला आउँदो भदौ १४ गते उमेर हदका कारण अनिवार्य अवकाशमा जादै थिए । उनी २०७७ कात्तिकमा सचिव भएका हुन् ।



