बुटवल । लुम्बिनी प्रदेशमा विवादित २ जना सांसदलाई मन्त्री बनाएको छ । एक महिलाको शंकास्पद मृत्यु र जग्गा हडपिएको घटनाका मुख्य आरोपित बादशाह कुर्मी र गुन्डागर्दीको सजाय भोगेका रोज राणा भनिने सरोज थापा मन्त्री बने लगत्तै बिरोध हुन थालेको छ ।
दुवै जना कांग्रेसका मन्त्री हुन् । कुर्मीविरुद्ध नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरणमा संलग्न रहेको आरोप लाग्दै आएको छ । गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले बादशाहमाथि अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
यस्तैगरी, मन्त्रीमा नियुक्त भएका सरोज थापालाई गुन्डागर्दीको अभियोगमा प्रहरीले यसअघि पटकपटक पक्राउ गरेका ब्यत्ती हुन् । विवादित छवि र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई मन्त्री बनाइएको भन्दै सर्वत्र बिरोध सुरु हुन थालेको छ । यता कांग्रेसभित्रै पनि असन्तुष्टि बढेको प्रष्टै देखिन थालेको छ ।


