काठमाडौं । आज कोशी, बाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित ठुलो बर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले आज सूचना जारी गर्दै कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको हो ।
आजै राति कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरुमा तथा बाँकी प्रदेशका थोरै ठाउँहरुमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि सूचनामा भनिएको छ ।
महाशाखाले त्यस्ता स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।




















