काठमाडौं । माल्दिभ्समा चलिरहेको २० वर्षमुनिको काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपाल किर्गिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको हो । किर्गिस्तानले नेपाललाई २५–१४, २५–२२ र २५–१३ ले हराउँदै फाइनलमा पुगेको हो ।
अर्को सेमिफाइनलमा आयोजक माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै श्रीलङ्का फाइनल पुगेको छ । उपाधिका लागि आज राति श्रीलङ्का र किर्गिस्तान खेल्दैछन् ।



