दाङ । लुम्बिनी प्रदेशमा नेकपा एमालेका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
काँग्रेस सहित ५६ सांसदको समर्थनमा आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।
उनले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् ।
नेकपा माओवादीका जोखबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । महराले आइतवार राजीनामा दिए थिए ।


