पोखरा । पोखरामा आज बिहान ाइलक्स गाडी र मोटरसाईकल एक आपसमा ठोकिदा मोटरसाईकलमा सवार १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा पोखरा महानगरपालिका–६ मा बस्ने २६ वर्षीय ईश्वर परियार भएको कास्की प्रहरीले पुष्टी गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका कास्कीले दिउको जानकारी अनुसार बिहान ५ः४५ बजेको समयमा दुवै सवारी साधान एक आपसमा ठक्कर खाएको थियो । ग ३ च ३४५७ नं। को हाइलक्स गाडी र ग ११ प ९१ नं को मोटरसाइकल एकअर्कामा ठोक्किँदा मोटरसाइकलमा सवार परियार गंभिर घाइते भएका थिए ।
परियारको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ । हाइलक्स चालक सुशिल दहितलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।




















