काठमाडौं । नेपालबाट बंगलादेशमा गएर विभिन्न विषयहरु अध्ययन गरीरहेका विद्यार्थी यती बेला धमाधम फर्किन थालेका छन् । सरकारी जागिरमा रहेको कोटा प्रणालीकाविरुद्ध बङ्गलादेशमा विद्यार्थीले १ सातादेखी हिंसात्मक आन्दोलन गर्दै आएका कारण त्यहाँ रहेका नेपाली बिद्यार्थीहरु स्वदेश फर्कन थालेका हुन् ।
आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यहाँ रहेका मध्ये करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयका शाखा अधिकृत महेश्वरमणि त्रिपाठीले जानकारी दिनुभयो । उनका अनुसार करिब ८०० जना विद्यार्थी स्थल र हवाई मार्ग हुँदै नेपाल फर्कनको लागि बंगलादेश छाडिसकेका छन् ।
बंगलादेशका विभिन्न ठाउँबाट ढाका विमानस्थल वा सम्बन्धित सीमा नाकामा सुरक्षित यात्राका लागि समन्वय गरिरहेको बंगलादेशमा रहेको नेपाली दूतावासले जनाएको छ ।
परराष्ट्र मन्त्रालयले सूचना निकालेर बङ्गलादेशमा रहेका नेपाली विद्यार्थीको सम्बन्धमा अनलाइन निवेदन दिन अभिभावकसँग अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले बङ्गलादेशमा समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि ुहेल्प डेस्कु स्थापना गरेको छ ।
आन्दोलनकारीमाथी प्रहरीले बल प्रयोग गर्दा अहिलेसम्म कम्तीमा १२३ जनाको ज्यान गइसकेको समाचारसंस्था एएफपीले जनाएको छ । तर सरकारले टेलिफोन र इन्टरनेट सेवा बन्द गर्दा ज्यान गुमाउनेको विवरण संकलन गर्न समस्या भइरहेको छ । बङ्गलादेश सरकारले हिजोदेखी देशभर कर्फ्यू लगाएको छ ।


