काठमाडौं । बाढी पहिराेमा परेर एकै दिनमा ७ जनाको मृत्यु भएको छ । मनसुन अवधिमा बाढी, पहिरोलगायतका विपद्मा परी हालसम्म १२० जनाको मृत्यु भइसकेको छ । गत जेठ २८ देखि आजसम्ममा उनीहरुको मृत्यु भएको हो ।
उक्त अवधिमा १३५ जना घाइते भएको नेपाल प्रहरीकाे केन्द्रिय कार्यालय नक्सालले जनाएकाे छ । बाढी, पहिरोलगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा १५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ गरी जम्मा १२० जनाको मृत्यु भएको हो ।
साेही अवधिमा काठमाडौं उपत्यकामा ८, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा २९ र सुदूरपश्चिम प्रदेशमा ११ गरी जम्मा १३५ जना घाइते भएका छन् ।
साेही अवधिमा बाढीका कारण १८२ घर डुबानमा परेका छन् । २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, १ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कूल ५८१ वटा पशुचौपायको मृत्यु भएको छ ।




















