दाङ । बजारमा दुध बिक्री गरेर फर्किएका युवक र तरकारी टिप्न गएका बृद्वको शव फेला परेको छ । दुवै जनालाई हिजो शनिबार राप्ती नदीमा आएको बाढीले बगाएको थियो । दुवै जनाको शव शसस्त्र प्रहरी बल नेपालको सहयतामा फेला पारीएको शसस्त्र प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
अविरल वर्षाको कारण राप्ती नदिमा बेपत्ता भएका १८ वर्षिय राजकुमार यादव र ६२ वर्षिय मणि चौधरीको शव आज फेला परेको हो ।
दाङ्ग जिल्लाको राजपुर गाउँपालिका–२ बेलाका बस्ने १८ वर्षिय राजकुमार यादवको शव सोही जिल्लाको लमही नगरपालिका–७ हसनपुर घाटमा सशस्त्र प्रहरी बल नेपाल नं. ४१ रिजर्भ गण अर्जुनखोला र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको हो । उनी बजारमा दुध बिक्री गरी घर फर्कने क्रममा असार २२ गते बिहान करीव ९ः३० बजे राप्ती नदिले बगाएको थियो ।
त्यस्तैगरी, सोही जिल्लाको लमही नगरपालिका–७ नयाँबस्ती बस्ने ६२ वर्षिय मणि चौधरीको शव सोही गण र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । तरकारी टिप्न गएका उनी असार २२ गते सो नदिले बगाई बेपत्ता भएका थिए ।


