चितवन । नारायणी नदिमा फसेका २ जनाको सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरको टोलीले उनीहरुलाई सकुशल उद्दार गरेको हो ।
असार २२ गते शनिबार सांझ पूर्वी नवलपरासी, गैडाकोट नगरपालिका–६ बुटवल बजार स्थित नारायणी नदिको भंगालमा माछा मार्ने क्रममा फसेका २ जना व्यक्तिको करिब ५ घन्टा पछि सशस्त्र प्रहरी बलको गोताखोरले सकुशल उद्दार गरेको शसस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
माछा मार्न गएका ३ जना मघ्ये १ जना पौडि खेलेर बाहिर आएका थिए । बांकी २ जनाको सशस्त्र प्रहरी बल नेपाल बिपद ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोरले शनिबार राती १०ः१५ बजे सकुशल उद्दार गरेको हो ।
घटना बारे जानकारी पाए लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पुर्बी नवलपरासी बाट १५ जनाको टोली खटाइएकोमा उद्दार हुन नसकेपछी कुरिनटारबाट गोताखोर पठाइएको सहप्रबक्ता थापाले जानकारी दिए ।
उद्दार गरिएका हरुमा गैंडाकोट नगरपालिका–५ बस्ने ५० बर्षका ओमबहादुर गुरुङ र ४२ बर्षका खुमबहादुर गुरुङ रहेका छन् । सोही बाढिमा फसेका बर्ष ३५ का रमेश बोट भने आफै पौडिएर निस्किएको उनले जानकारी दिए ।


