काभ्रे । अबिरल वर्षा पछिको बाढिका कारण अबरुद्द् भएको काभ्रे जिल्ला पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल(चारपिप्ले भित्रि सडक खण्ड सशस्त्र प्रहरीले खुलाएको छ ।
लेदो तथा पहिरो खसि अबरुद्ध भएको सडकको सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर बडुवालको कमाण्डमा खटिएको टोलीले पहिरो पन्छाएको सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरिक्षक एवं सहप्रबक्ता शैलेन्द्र थापाले बताए ।
सडकको लेदो पन्छाए लगत्तै सडकमा यातायात सुचारु भएको पनि सहप्रबक्ता थापाले जानकारी दीए ।




















