कागबेनी । मुस्ताङको खिङ्गा गाउँमा आज बिहान ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा मानविय क्षती नभएता पनि भौतिक क्षती भएको छ ।
मुस्ताङ प्रहरीले दिएको जानकारी अनुसार मुक्तिनाथ तर्फबाट कागबेनी तर्फ आउदै गरेको ग. १ त ४७३३ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
तिब्र गतीमा आएको उक्त ट्याक्टरले स्थानियको घर अगाडी निर्माण गरेको पक्की छेकबार र गोठमा क्षती पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ का वडाध्यक्ष परमेश गुरुङले जानकारी दिए ।
उनका अनुसार बिहान ७ः३० बजे भएको उक्त दुर्घटना पछी उक्त क्षेत्रमा सवारी आवागमन बन्द भएको थियो । प्रहरीले जेसिवी मेशिन लगाएर ट्याक्टर निकाले पछी भने अहिले सवारी आवागमन खुल्ला भएको उनले बताए ।
भौतिक क्षती भएको संरचना बनाउने सहमती पछी भने प्रहरीले चालक र ट्याक्टरलाई छाडेको छ ।





