काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ ।
बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए ।
कांग्रेस–एमालेबीच सोमबार मध्यरातमा सत्ता साझेदारी गर्ने र सरकारको नेतृत्वको आलो–पालो गर्ने समझदारी भएको थियो । यद्यपि समझदारीलाई अन्तिम रुप दिन भने बाँकी छ ।
दुई दलका नेताहरुबीच मध्यरातसम्म भएको छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली सुरुका २ वर्ष र शेरबहादुर देउवा बाँकी अवधि चुनावसम्म प्रधानमन्त्री बन्ने समझदारी भएको छ ।


