×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ५ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ५ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ८ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ९ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १० घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

संरक्षणको पर्खाइमा मायादेवी सुत्केरीपथ

  •  गोरखा समाचार
  • आइतबार, असार १७, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लुम्बिनी । बुद्धको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) मार्ग प्रचारप्रसार, संरक्षण र प्रवर्द्धनको पर्खाइमा रहेको छ । मायादेवी सुत्केरी भएपछि शिशुसहित घर फर्किनुभएको उक्त मार्गको प्रचारप्रसार र संरक्षण नहुँदा ओझेलमा परेको हो ।

    लुम्बिनीको पडरिया गाउँस्थित प्रवेशद्वारभित्र सर्वसाधारणलाई प्रवेशमा रोक लगाएपछि मायादेवी सुत्केरीपथ हुँदै मायादेवी मन्दिरसम्म जाने यात्रुको बाटो बन्द भएको छ । मायादेवी मन्दिरबाट पडरिया, खुनगाई, मनौरी, सिबलवा, बिजुवा, सिसहनिया, दोहनी, निगलिहवा हुँदै तिलौराकोट दरबारसम्मको करिब ३६ किलोमिटर खण्डलाई मायादेवी सुत्केरीपथ भनिन्छ ।

    लुम्बिनी विकास कोषले उक्त पथ लुम्बिनी गुरुयोजना विपरीत रहेको भन्दै आवागमन रोक लगाएको हो । पर्यटक तथा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएपछि धार्मिक आस्थाका यात्रुमा निराशा उत्पन्न भएको छ ।

    बुद्ध वचनको प्रचारप्रसार संसारभरि भइरहँदा उहाँको जन्मसँग जोडिएको मायादेवी सुत्केरीपथ (लुम्बिनी–तिलौराकोट) को प्रचारप्रसार र प्रवर्द्धनमा सरोकार भएकाको ध्यान नपुगेको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का अभियानकर्ता मेघनाथ आचार्यले गुनासो गर्नुभयो । “विसं २०७७ मङ्सिरमा उक्त मार्ग पछ्याउँदै युनेस्कोका प्रतिनिधि क्रिस्चियन म्यानहर्ट र परामर्शदाता थोमस स्क्ररोमले साइकल यात्रामार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट गोरेटो, ग्राभेल र कालोपत्र सडक हुँदै चार घण्टामा शाक्य वंशीय राजधानी तिलौराकोट पुग्नुभएको थियो”, उहाँले भन्नुभयो ।

    लुम्बिनी विकास कोषका तत्कालीन सद्भावना राजदूत एवं पर्यटनविद् विक्रम पाँडेकाजीले उक्त मार्गलाई ‘पर्यटन प्रोडक्ट’ बनाउने अवधारणा ल्याउनुभएको थियो । “बुद्ध गर्भस्थ रहँदा र उहाँको जन्मपछि शिशुसहित माता मायादेवी यही बाटो हुँदै यात्रा गर्नुभएकाले धार्मिक इतिहाससँग यो पथको गहिरो सम्बन्ध छ”, मायादेवी मन्दिरका यसअघिका पुजारी पण्डित योगेन्द्रनाथ पाण्डेले भन्नुभयो, “यो पथले मायादेवीको ‘सुत्केरी यात्रा’ सम्झना दिलाउँछ ।”

    लुम्बिनीका स्थानीय बौद्ध भिक्षु विवेकानन्दका अनुसार मौर्य सम्राट अशोकले आफ्नो आध्यात्मिक गुरु उपगुप्तको मार्ग दर्शनमा इपू २४९ मा, उहाँपछि चिनियाँ यात्रीहरु त्सेग साई (चौथो शताब्दी), फहियान (पाँचौँ शताब्दी) र ह्वेन सांग (सातौँ शताब्दी) यही पथबाट लुम्बिनी प्रवेश गर्नुभएको इतिहास छ ।

    “सन् १३१२ मा कर्णली क्षेत्रका राजा रिपु मल्ल पनि यही पथ हुँदै मायादेवी मन्दिर क्षेत्र प्रवेश गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “अङ्ग्रेज भारतका पुरातात्विक सर्भेयर एलोइस फुहरर (सन् १८९६), पिसी मुखर्जी (सन् १८९९) र भारतीय पुरातत्वविद् श्रीमती देवला मित्राले सन् १९६२ मा लुम्बिनीको अन्वेषण गर्दा खुनगाई र पडरिया गाउँ हुँदै यसै पथबाट बुद्ध जन्मस्थल पुग्नुभएको थियो ।”

    लुम्बिनी सांस्कृतिक नगरपालिका–३ पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई बन्द गरी विकास कोषले संरक्षणमा ध्यान नदिँदा मायादेवी सुत्केरीपथ विस्मृतिको गतिमा जाने खतरा बढेको उहाँको भनाइ छ । बौद्ध भिक्षु विवेकानन्दले यो पथ भौतिक संरचना मात्र नभई धार्मिक तथा ऐतिहासिक धरोहर पनि भएकाले यसको प्रभावकारी व्यवस्थापन गरी पुनः सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरामुद्दिन खाँले धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मानिएको मायादेवी सुत्केरीपथलाई सरोकार भएकाले संरक्षण र प्रवर्द्धनमा पहल गर्नुपर्नेमा जोड दिनुभयो । उक्त मार्ग प्रवेशमा रोक लगाएर बुद्ध जन्मस्थलको प्रचारप्रसार, पर्यटन प्रवर्द्धन, संस्कृति र इतिहासलाई नै ओझेलमा पर्दै गएको उहाँले बताउनुभयो ।

    “लुम्बिनी विकास कोषले उक्त पथअन्तर्गत पडरिया गाउँस्थित मुख्य प्रवेशद्वारलाई सर्वसाधारणका साथै धार्मिक यात्रुका लागि खुला राख्नुपर्छ”, संयोजक खाँले भन्नुभयो, “यसले पर्यटन प्रवर्द्धन, प्रचारप्रसार हुनाका साथै स्थानीयको आयस्तरमा वृद्धि हुनेछ ।” सुत्केरी पथको संरक्षण र प्रवर्द्धनका लागि सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डण्यन मन्त्रालय र लुम्बिनी विकास कोषले विशेष योजना, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

    संयोजक खाँले भन्नुभयो, “स्थानीयको सहभागिता र सहकार्यबिना संरक्षण कार्यक्रम सफल हुन सक्दैन । तसर्थ, उहाँहरूको प्रत्यक्ष सहभागितामा आधारित योजना बनाएर आवश्यक बजेट विनियोजन गरी संरक्षण र प्रचारप्रसारको पहल गर्नु जरुरी छ ।”

    बुद्ध जन्मस्थल लुम्बिनीको गौरव र महिमालाई ध्यानमा राख्दै, सरोकार भएकासँगको सहकार्यमा यो पथको संरक्षण तथा प्रवर्द्धन हुनुपर्ने लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक प्राध्यापक गजेन्द्र गुप्ताले बताउनुभयो । “धार्मिक पर्यटकका लागि आकर्षणको केन्द्र बनाउन विभिन्न पर्यटकीय सुविधासहित यसको व्यवस्थापन हुनुपर्छ”, उहाँले भन्नुभयो, “यसले स्थानीयको अर्थतन्त्रलाई टेवा पु¥याउनाका साथै धार्मिक पर्यटकीय सम्भावनालाई वृद्धि गर्नेछ ।”

    ऐतिहासिक दस्तावेज र प्रमाणित तथ्यहरूका आधारमा मायादेवी सुत्केरीपथका बारेमा थप अनुसन्धान गर्दै यसको महत्वलाई व्यापक बनाउनुपर्नेमा प्राध्यापक गुप्ताले जोड दिनुभयो । “यो पथले लुम्बिनीको महत्वलाई अझ् गहिरो बनाउँछ । यसको संरक्षणबाट इतिहास मात्रको संरक्षण नभई विश्वभरका बौद्ध धर्मावलम्बीलाई पनि पवित्र सुत्केरी मार्गको महत्वबारे जानकारी गराउन सक्छौँ ।”

    तथागत (बुद्धको एक नाम)ले गृह त्याग गर्दा यही पथको प्रयोग गरी पवित्र अनोमाघाट (अहिलेको लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ स्थित अजमाघाट)बाट दानव नदी पार गर्दै मावली नगर देवदह र मधगको राजगृह (राजगीर) नगर हुँदै बोधगयासम्म पुग्नुभएको सहायक प्राध्यापक गुप्ताको दाबी छ ।

    लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले भन्नुभयो, “हामीले कोष क्षेत्रस्थित मायादेवी सुत्केरीपथलाई व्यवस्थापन गर्न विभिन्न योजना बनाएका छौँ । यो पथ ऐतिहासिक र धार्मिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ, त्यसैले यसको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिएका छौँ । यसलाई पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले पनि संरक्षित राख्ने प्रयास गरिरहेका छौँ ।” उक्त मार्गको पडरियाबाट मायादेवी मन्दिर खण्डलाई व्यवस्थित गरी आवश्यक पूर्वाधार निर्माण गर्न स्थानीयसँगको समन्वय र सहकार्यमा विकास योजना तयार पारिरहेको उहाँले जानकारी दिनुभयो ।

    “योजनाको खाका तयार गरिरहेका छौँ । तीनै तहका सरकारसँग छलफल गरी आवश्यक बजेटको प्रस्ताव गरेका छौँ”, सदस्यसचिव शाक्यले भन्नुभयो, “आकर्षक शैलीमा यो पथलाई पुनः निर्माण गर्ने, चारैतिर हरियाली बढाउने, बिरुवा रोप्ने, नियमित सरसफाइ गर्ने, पर्यटकलाई यसको महत्व बुझाउन ठाउँठाउँमा जानकारीमूलक सूचनापाटी राख्नेलगायत काम गर्ने योजना छ ।”

    रासस

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    आइतबार, असार १७, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.