×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

दक्षिण अफ्रिकामा अवैध शिकार रोक्न पहिलोपटक गैँडामा रेडियोधर्मी सामग्री जडान

  •  गोरखा समाचार
  • बुधबार, असार १३, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    मोकोपान, दक्षिण अफ्रिका/एजेन्सी। दक्षिण अफ्रिकी वैज्ञानिकले मङ्गलबार सीमा चौकीहरूमा अवैध शिकार पत्ता लगाउन सजिलो बनाउने उदेश्यले जीवित गैँडाको सिङमा रेडियोधर्मी सामग्री जडान गरेका छन् ।

    दक्षिण अफ्रिका गैँडाको धेरैे जनसङ्ख्या भएको देश हो । गैँडाको सिङ उपचारात्मक प्रभावका लागि प्रयोग हुने भएकाले यो देश यसको अवैध शिकार हुने मुख्य स्थान पनि हो ।

    यस पहलको नेतृत्व गरेका युनिभर्सिटी अफ द विटवाटरस्रान्डको विकिरण र स्वास्थ्य भौतिक विज्ञान एकाईका निर्देशक जेम्स लार्किनले गैँडाको सिङमा दुईवटा साना रेडियोधर्मी चिपहरू जडान गरिएको बताउनुभयो ।

    “रेडियोधर्मी सामग्रीले सिङलाई काम नलाग्ने बनाउनुका साथै अनिवार्य रूपमा मानव उपभोगका लागि विषाक्त बनाउछ,” सोही विश्वविद्यालयका प्राध्यापक र विज्ञानका डिन निथया चेट्टीले बताउनुभयो ।

    “रेडियोधर्मी सामग्री जडान गर्दा गैँडाहरूलाई बेहोस बनाएर भुईमा सुताइएको थियो र गैँडाले कुनै पीडा महसुस गरेनन्,” लार्किनले भन्नुभयो । “रेडियोधर्मी पदार्थको मात्रा यति कम छ कि यसले गैडाकोे स्वास्थ्य वा वातावरणलाई कुनै पनि हिसाबले असर गर्दैन,” उहाँले भन्नुभयो ।

    फेब्रुअरीमा वातावरण मन्त्रालयले अवैध व्यापारलाई नियन्त्रण गर्ने सरकारी प्रयासका बावजुद सन् २०२३ मा ४९९ वटा यी विशाल स्तनधारी जनावर मारिएका थिए । यो तथ्याङ्क सन् २०२२ को तुलनामा ११ प्रतिशतले बढी हो ।

    कूल बीस जीवित गैँडालाई राइस्टोप परियोजनाका लागि प्रयोग गरिएको छ । उनीहरूलाई अन्तर्राष्ट्रिय सीमा चौकीहरूमा आणविक आतङ्कवाद रोक्नको लागि जडान गरिएको यन्त्रसँग डिटेक्ट हुने गरी आवश्यक मात्रामा ‘रेडियो आइसोटोप’ दिइनेछ ।

    सीमा अधिकारीसँग सीमामा अवैध तस्करी पत्ता लगाउने यन्त्र हुन्छन् जसको सहयोगबाट बन्दरगाह, विमानस्थलजस्ता विभिन्न ठाउँबाट यस्ता प्रतिबन्धित सामग्रीको तस्करी पत्ता लगाउन सकिने वैज्ञानिकले बताएका छन् ।

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    बुधबार, असार १३, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.