मुग्लिन । पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुइतर्फी सञ्चालनमा आएको छ ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार उक्त सडक खण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा गए राति १ः३० बजेदेखि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।
पहिरो पञ्छाएसँगै अवरुद्ध सडक शनिबार बिहान ५ः३० बजेदेखि दुइतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।
प्रहरी उक्त मार्गमा ओभरटेक गरेर सवारी साधन नचलाउन अनुराेध गरेकाे छ ।


