गोरखा । तनहुँ र ललिपुरको विभिन्न स्थानमा २ जना नाबालिका बलात्कृत भएका छन् । प्रहरीले दुवै स्थानबाट बलात्कार आरोपमा २ जना पुरुषलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार तनहुँको बन्दिपुर गाउँपालिका–१ नाहालामा १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ५९ बर्षका बमबहादुर कुँवरलाई पक्राउ गरेको छ । कँवुरले गएको आइतबार ति बालिकालाई बलात्कार गरेको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
उता ललितपुरमा १४ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोञ्ज्योसोम गाउँपालिका–४ नल्लु बस्ने ४० वर्षीय कुमार केसीलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
केसीले ती बालिकालाई २०८० फागुन ८ गते साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















