काठमाडौं । संघिय संसदकाे भवन भित्रै प्रहरी जवान मृत्त फेला परेका छन् । भवनकाे सुरक्षार्थ खटिएका नेपाल प्रहरीका जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेका हुन् ।
प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा उनी आफैंले आफैंलाई गोली हानेका अनुमान गरिएकाे छ । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले पनि उनले गोली हानेर आत्महत्या गरेको बताए ।
घटनाको अनुसन्धान जारी रहेकाेले विस्तृत विवरण आउन बाँकी प्रहरीले जानकारी दिएकाे छ ।


