×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

मुगुमा बेमौसमी सिमी उत्पादन भएपछि तरकारीको समस्या हट्यो

  •  गोरखा समाचार
  • शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मुगु । सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ । कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ । ” उहाँहरुमा मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ ।

    कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे । उहाँले वर्षमा एकचोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल पाँच महिना मात्र पुग्थ्यो त्यसपछिका वैशाख, जेठ, असार महिनामा के दाल बनाउने भनेर घरका घरिनालाई चिन्ता हुन्थ्यो अब भने त्यो चिन्ता हटेको बताउनुभयो ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ कार्यालय गमगढी मुगुले यहाँका कृषकलाई बेमौसमी सिमी खेती गर्न सिकाइ यस वर्षबाट खेती गर्न सुरु गराएपछि बेमौसममा पनि सिमी उपलब्ध भएपछि कच्चे गाउँका स्थानीय दाल बनाउने झर्को टरेको हो ।

    यो गाउँका स्थानीयले फागुन महिनामा सिमी लगाएका थिए अहिले पाकेर सिमी निकाल्ने चटारोमा छन् । परियोजना कार्यान्वयन एकाइ कार्यालय मुगुका प्रमुख तेजविक्रम मल्लले वर्षौंदेखि वर्षमा एकचोटि मात्र सिमी खेती गर्दै आएका कच्चेवासीले सुरुमा बेमौसममा सिमी लगाउन सिकाउँदा विश्वास नै गरेका थिएनन्, जग्गा बिग्रने भयो, बीउ मर्ने भयो भनेर चिन्ता मान्ने गरेका थिए, हामीले सिमीको बीउसहित सिमी राख्ने भकारीसहित निःशुल्क तालिम दिएपछि बेमौसमी सिमीखेती लगाउन गाउँले राजी भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो , “हामीले गरेको योजनाअनुसार सिमी उत्पादन नभए के गर्ने, कृषकले के भन्लान् भन्ने चिन्ताका बीच सिमी खेती राम्रो र गुणात्मक उत्पादन भएपछि कृषक खुसी भएका छन् । वर्षमा दुईचोटि सिमी उत्पादन हुने भएको छ । फागुनमा लगाएको सिमी जेठ र असारमा लगाएको सिमी कात्तिकमा टिप्ने भएका छन् । ”

    परियोजनाको प्राविधिक तथा आथिक सहयोगमा कच्चे जिउलाको चार हेक्टर जमिनमा कच्चे गाउँका ८० घरधुरिले सिमी खेती गरेका छन् । कृषकले राम्रो उत्पादन गरेर बिक्री गर्न चाहेमा कार्यालयले कृषकलाई बजारसम्म लैजान ढुवानी अनुदान दिने परियोजन प्रमुख मल्ल बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो, “बेमौसमी सिमी उत्पादन भएपछि घरका महिला बढी लाभान्वित भएका छन् उहाँहरुको कार्यबोझ र चिन्ता घटेको छ भने घरपरिवारले सुक्खा महिनामा पनि झोलिलो दाल खान पाएका छन् ।” परियोजना कार्यान्वयन एकाइ मुगुको सहयोगमा यस वर्ष मुगु जिल्लाका स्थानीयवासीले २५ हेक्टर जमिनमा बेमौसमी सिमी खेती गरेका छन् ।

    रासस

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    शुक्रबार, असार ०१, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.