गोरखा । गोरखा सदरमुकाम सहित वरपरका क्षेत्रमा आज र भोली बिहानैदेखी बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, गोरखा बितरण केन्द्रले हिजो एक सूचना जारी गर्दै आज र भोली गोरखा सदरमुका सहित वरपरका क्षेत्रमा बिद्युत अबरुद्व हुने जानकारी दिएको हो ।
केन्द्रले यस अघी जारी गरेको सूचनामा केही संशोधन गनुपर्ने भएकोले पूर्व प्रकाशित सूचना बमोजिमको मर्मत सुधार कार्य तालिकामा विविध कारणबस परिमाजैन गरिएको जानकारी समेत गराएको छ ।
जारी सूचना बमोजिम जेठ ९ गते बिहान ६ बजेदेखी १ बजेसम्म र १० गते बिहान ६ बजेदेखी १० बजेसम्म बिद्युत अवरुद्व हुने भनेको छ ।
बितरण केन्द्रले जारी गरेको सूचना बमोजिम गोरखा नगरपकालिकाको वडा नम्बर १ देखी १२ सम्म, भिमसेन थापा गाउँपालिकाको सवै वडा, बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ५ देखी ८ सम्म, पालुङटार नगरपालिकाको १, २, ९ र १० र सिरानचोक गाउँपालिकाको ४, ५ र ६ नम्बर सहित शहिद लखन गाउँपालिकाको ७, ८ र ९ नम्बर वडामा बिद्युत अबरुद्व हुने छ ।
बितरण केन्द्रको गोरखा बजारमा रहेको ३३/११ केभि सव स्टेशनमा जडित ३३ केभि र १२ केभिका ब्रेकर बदली कार्य तथा टेष्टिङ एवं चार्जिङ कार्य गनुपर्ने भएकोले माथि उल्लेखित क्षेत्रमा २ दिनको लागि बिद्युत अबरुद्व हुन लागेको भन्दै समय अगावै कार्य सम्पन्न भएको खण्डमा बिद्युत सप्लाई सूचारु हुने पनि जानकारी गराएको छ ।


