गोरखा । अजिरकोट गाउँपालिकाकाे सिम्जुङदेखी घ्याच्चोकसम्म पुग्ने सडक कालाेपत्रेकाे तयारी गरिएको छ ।
पूर्वाधार विकास कार्यालय गोरखामार्फत ३१ करोड ९८ लाख ९३ हजार लागतमा सिम्जुङ–महभिर–घ्याच्चोकसम्मको सडक कालोपत्रे तयारी भइरहेको हाे ।
सडक कालोपत्रका लागि अहिलेसम्म सडक चौडा गर्ने, टेवा पर्खाल लगाउने, ग्याविन जाली भर्नेलगायत काम धमाधम भइरहेको कार्यालयले जानकारी दिएकाे छ । सिम्जुङ–महाभिर हुँदै घ्याच्चोकसम्मको ८ किलोमिटर बाटो कालोपत्र भएपछि घ्याच्चोकगाउँ पुग्न सहज हुने स्थानिय बिरबहादुर गुरुङले बताए ।
तोकिएको समयमा काम भए घ्याच्चोक कालोपत्र सडकसँग जोडिने पहिलो पालिका हुने गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । । बर्खा याममा सवारी आउजाउ पूर्ण रूपमा ठप्प हुने हुँदा त्यस क्षेत्रका बासिन्दालाई सदरमुकाम ओहोरदोहोर गर्न कठिन हुने गरेकाे छ ।




















