साँकेतिक तस्बिर
गोरखा । गोरखा सदरमुकामको सतिपिपल क्षेत्रमा रहेको काँडाघाँरीमा आज बिहानै लुटपाट भएको छ । गोरखा नगरपालिका–७ काँडाघाँरी बस्ने माईली घलेलको घरमा लुटपाट भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
बारपाक सुलिकोट गाउँपालिका–२ बारपाक घर भई हाल गोरखा सदरमुकामको काँडाघाँरी बस्दै आएकी अन्दाजी ६० बर्षकी माईलीको गलाबाट बिहानै ४ तोलाको सिक्री लुटीएको छ ।
सुतिरहेको समयमा बिहान ४ बजेतिर झ्यालबाट गलामा लगाएको सिक्री लुटिएको स्थानियले जानकारी दिए । उनका अनुसार सिक्रीमा रहेको लकेट भने कोठा भित्रै फेला परेको छ ।
४ तलाको घरमा लुटेराले भूईतलाको ढोकाबाट छिरेर सुतिरहेकी माईली घलेको गलाबाट सिक्री लुटेर लगेको हो । लुटनु पूर्व घरको मेन स्विच अफ गरेको र अध्यारोमा लुटिएको स्थानियले बताए ।
प्रहरीका अनुसार लुटिएकी महिलाको घरमा पछाडी र माथिल्लो भागको दुवै ढोकामा चाँवी नलगाएको अवस्थामा फेला परेकोले घटना शंकास्पद देखिएको भन्दै अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
घरका माथिल्लो तलमा आमा छोरा मात्र बस्दै आएको पनि एक स्थानियले जानकारी दिएको छ ।


