गोरखा । उत्तरी गोरखाको माछिखोलामा प्रहरीको लागि पक्की भवन निर्माण भएको छ । उक्त भवन करिब ३८ लाख रुपैयाँ खर्चिएर धार्चे गाउँपालिकाले निर्माण गरिदिएको प्रमुख प्रशासकिय अधिकृत काजीमान सुनारले बताए ।
हाल रहेकाे प्रहरी चाैकी माछीखाेलाकाे कार्यालय
भवन निर्माणमा ३७ लाख ३३ हजार ८५८ रुपैयाँ खर्च भएकाे उनले बताए । ‘जिर्ण भवनमा बस्दै आएको चौकीलाई पालिकाले र उपभोत्ताले पैसा खर्चेर बनाई दिएको हो’ उनले भने ‘गाउँपालिकाले ३४ लाख २० हजार र उपभोत्ता समितिले ३ लाख १३ हजार ८५८ रुपैयाँ खर्च गरेको छ ।’
जिर्ण भवनबाट प्रहरीले सेवा दिदा प्रहरीहरुले दिने सेवा चुस्त दुरुस्त र प्रभावकारी नुहने देखिए पछि गाउँपालिकाले भवन निर्माणका लागि रकम बिनियोजन गरिदिएको हो ।
उपभोत्ता समिति मार्फत निर्माण गरिएका उक्त भवन २०८० साल मंसिर २४ गते सम्झौता गरी चैत्र १५ गते सम्पन्न भएको थियो । ५ महिनामा निर्माण सम्पन्न भएको भवन प्रहरीलाई एक कार्यक्रम बिच हस्तान्तरण गरिने पालिकाले जानकारी दिएको छ ।
माछीखोला प्रहरी चौकी अहिले भने चित्राले बारेको झुपडीमा बस्दै आएको छ । जसका कारण बर्षा याममा प्रहरीलाई सेवा दिन मात्रै होइन कि असुरक्षित भवन भएका कारण आफ्नै हतियार जोगाएर राख्न पनि हम्मे हम्मे परेको छ ।






