गोरखा । गोरखा सदरमुकाममा अध्ययरत १८ जना किशोरीहरु यौंन हिंसामा परेको तथ्य सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले केही दिन यता प्रहरी संग १ दिन कार्यक्रम गरेपछी उक्त संख्याका किशोरीहरु यौंन हिंसामा परेको कुरा सार्वजनिक भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बासुदेव पाठकले बताए ।
‘हामीले लगातार ६ दिनमा ६ बिद्यालयमा अध्ययनरत किशोर किशोरीहरुलाई प्रहरी कार्यालयको अध्ययन गरायौं’ उनले भने ‘यो बिचमा १८ जना किशोरीहरुले हामीलाई गोप्य रुपमा यौंन हिंसामा परेको जानकारी दिए ।’
जिल्ला प्रहरी कार्यालयले गएको आइतबारदेखी शुक्रबारसम्म सदरमुकामको ६ वटा बिद्यालयका १४ बर्षदेखी १९ बर्ष उमेर समूहका ५२९ जना किशोर किशोरीहरुलाई प्रहरीले गर्ने दैनिक कार्यको बारेमा जानकारी दिने गरी ‘प्रहरी संग १ दिन’ कार्यक्रम गरेको थियो ।
सोही अवशरमा सदरमुकामा रहेको शक्ति मावि, मोर्डन अग्रेजी बोर्डिङ स्कुल, द ओल्ड क्यापिटर मावि, बालमन्दिर मावि, सरस्वती मावि र महेन्द्र ज्योति माविका बिद्यार्थीहरुलाई प्रहरी कार्यालय भित्रका सबै शाखाले गर्ने काम कारवाहीको बारेमा जानकारी दिईएको थियो ।
कार्यक्रम अन्तरर्गत २ देखी ३ घण्टामा बिद्यार्थीहरुले प्रहरीलाई साथीको रुपमा हेर्ने बातावरण र्सिजना गर्नु कार्यक्रमको मुख्य उद्वेश्य रहेको प्रमुख पाठकले जानकारी दिए । प्रहरी संग छुटनु पूर्व किशोर किशोरी लक्षित डकुमेन्ट्री प्रर्दशन गर्ने र अन्तिममा सोही डकुमेन्ट्रीबाट उत्साहित भएर आफुले भोगेको तर लुकाएर राखेका हिंसाका बारेमा प्रहरीले उनीहरुलाई गोप्य रुपमा सूचना दिने गर्दछन् ।
यौंन हिंसामा परेकी किशोरीहरु अधिकांश भने परिवार भित्रैबाट पिडित भएको पाईएको प्रहरी उपरिक्षक पाठकले जानकारी दिए । १८ जना किशोरीहरु मध्ये ४ जना घरबेटी, ३ जना बिद्यालयका शिक्षक, ३ जनालाई सार्वजनिक सवारी साधानमा यात्रा गर्दा अपरिचित ब्यक्तिले र ८ जना भने आफ्नो परिवार भित्रैबाट यौंन हिंसामा परेको खुलासा भएको उनले जानकारी दिए ।
किशोरीहरुले दिएको जानकारी अनुसार १८ जना आरोपितहरुको पहिचानको लागि अनुसन्धान सुरु गरीएको र उनीहरुलाई कानूनी दायरामा ल्याएर कारवाही गरिने पनि प्रमुख पाठकले बताए ।
त्यस बाहेक पनि साही कार्यक्रममा १८ जना किशोर किशोरीहरुलाई साइबर अपराध अर्थात फेसबुक ह्याक गरेको, म्यासेन्जरमा अस्लिल फोटो तथा भिडियो पठाउने गरेको, ३ जना घरेलु हिंसामा परेको र २ जना जातिय विभेदमा परेको पनि तथ्य फेला परेको छ ।
प्रहरी प्रमुख पाठकले कार्यक्रम प्रभावकारी भएकोले अर्को १ साता कार्यक्रम सदरमुकाम भन्दा बाहिरका बिद्यालयमा अध्ययनरत किशोर किशोरीलाई लक्षित गरी सञ्चालन गरिने पनि जानकारी दिए ।


