गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुवेर २ जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–१ केराबारीको बिरौटास्थित चेपेखोलामा पौडी खेल्ने क्रममा शुक्रबार स्थानिय १६ बर्षीय मेष तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एव सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
अपरान्ह्र करिब ४ बजेको समयमा तामाङ पौडी खेल्ने क्रममा खोलामा डुवेपछी स्थानियले प्रहरीलाई खबर गेका थिउ । घटना लगतै इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरीको टोलीले तामाङ मृतावस्थामा फेला पारेको उनले जानकारी दिए ।
त्यस्तैगरी गोरखा नगरपालिका–१० छेवेटारस्थित दरौदीँ नदीमा पौडी खेल्ने क्रममा झापा जिल्ला कमला गाउँपालिका–५, पाडाजुङ्गे घर भएका १८ बर्षीय समिर श्रेष्ठको मृत्यु भएको सूचना अधिकारी श्रेष्ठले बताए ।
दिउँसो करिब ३ बजेको समयमा श्रेष्ठ पौडी खेल्ने क्रममा नदीमा डुवेका थिए । पालुङटार नगरपालिका–१, खोप्लाङस्थित ठूली आमाको घरमा बस्दै आएका श्रेष्ठलाई नदीमा डुवेर अचेत अवस्थामा फेलापारी स्थानीयको सहयोगमा उद्धार गरी छेवेटार मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
मृतक श्रेष्ठको शव पोस्टमार्टम गरी अन्त्येष्टीका लागि परिवारलाई बुझाइएको छ भने तामाङको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोरखामा ल्याइएको प्रहरीले जनाएको छ ।
दुवै घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।


