गोरखा । नेपाल बिद्यार्थी संघ गोरखाले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै अहिले देखिएको शैक्षिक अवस्था र सहकारीको समस्याको दिगो समाधान गर्न ध्यानाकर्षण गराएको छ ।
प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा नेपालको पछिल्लो राजनीतिक तथा शैक्षिक घटनाक्रमहरुले उब्जाएका प्रश्नहरुको उत्तर खोज्न तथा आम नेपाली जनता र बिद्यार्थीहरुले ब्यहोर्न परेको समस्याहरुको निराकण गर्न ध्यानाकर्षण गराएको हो ।
‘नेपालको समग्र शैक्षिक अवथाको उन्नय संगै जनविजविको सवालमा अहोरात्र क्रियाशील संगठनका हैसियतले नेपालको पछिल्लो राजनीतिक तथा शैक्षिक घटनाक्रमहरुले उब्जाएका प्रश्नहरुको उत्तर खोज्न तथा आम नेपाली जनता र बिद्यार्थीहरुले ब्यहोर्न परेको समस्याहरुको निराकण गर्न’ नेपाल बिद्यार्थी संघ गोरखाले ध्यानाकर्षण गराएको छ ।
नेविसंघ गोरखाले शुक्रबार प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ज्ञापन पत्र बुझाएको अध्यक्ष शिवहरि तिमल्सिनाले बताए । उनले बिद्यार्थी केन्द्रित आवश्यक परिमार्जन एवं संशोधन सहित विद्यालय शिक्षा विधेयक २०८० तत्काल लागू गर्न आग्रह गरिएको जानकारी दिए ।
संघका तर्फबाट प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई बुझाएको ज्ञापन पत्रमा सहरकारी बचत कर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको समस्यालाई दिगो रुपमा समाधान गर्न र सहकारीले रकम दुरुपयोग गरि अपचलन गर्ने सहकारी ठगहरुलाई छानविनको दायरामा ल्याई कानूनी कारवाही गर्न समेत भनेको छ ।
सहकारी ठगीमा संलग्न सहकारी संस्था, सदस्य र सम्वन्धित ब्यक्तिहरुलाई कानूनको दायरामा ल्याउन तत्काल निष्पक्ष संसदीय छानविन समिति गठन गर्न पनि प्रजिअ मार्फत बुझाएको ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
यता जिल्ला भित्र निर्माणधीन अवस्थामा रहेको सडक बर्षा लागे संगै सम्वन्धित निकायहरुको चरम लापरवाहीले गर्दा शैक्षिक क्षेत्र, ब्यावसायिक क्षेत्र र नागरिकको जनजिवनमा प्रत्यक्ष असर परेको हुनाले सडकलाई ब्यवस्थित गरी सहज अवस्था बनाई दिन समेत माग गरेका छन् ।
गोरखा जिल्ला कृषि र पर्यटनको प्रचुर संम्भावना भएको जिल्ला भएकोले माध्यमिक तहमा यस सम्वन्धि शिक्षा अनिवार्य लागू गर्न पनि नेविसंघ गोरखाले अनुरोध गरेको छ ।



