गोरखा । विद्युत लाईन मर्मतका लागि आज बिहान ९ बजेदेखी गोरखा बजार र वरपरको क्षेत्रमा बिद्युत अबरुद्व हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण, बिद्युत बितरण केन्द्र, गोरखाले हिजाे एक सूचना जारी गर्दै मर्मत संम्भारका लागि बिद्युत अबरुद्व हुने जानकारी दिएको छ ।
जारी सूचना अनुसार जेठ ५ गते शनिबारदेखी जेठ १२ गते शनिबारसम्म बिद्युत सेवा अबरुद्व हुने जनाएको छ । सूचनामा ‘गोरखा सव स्टेशनको नयाँ बजार ११ केभि फिडर र महेन्द्र ज्योती ११ केभि फिडरमा कन्डक्टर स्तरोन्नती, फिडर थप र बिद्युत लाईन मर्मत सम्भार गर्ने तालिका भएकोले मिति २०८१/०२/०५ गते शनिबारको दिनदेखी मिति २०८१/०२/१२ गतेसम्म बिहान ९ः०० बजेदेखी साँझ ५ः०० बजेसम्म’ बिद्युत अबरुद्व हुने भनिएको छ ।
उक्त मितिमा गोरखा बजारको अधिकांश स्थानहरु, त्यस्तैगरी नारेश्वर, फिनाम, ताप्ले लगायतका स्थानहरुका साथै भिमसेन थापा गाउँपालिकाको बगुवा, अश्राङ र बोर्लाङमा समेत बिद्युत अबरुद्व हुने भनिएको छ ।
बितरण केन्द्रले समय अगावै कार्य सम्पन्न भएमा तत्काल बिद्युत सप्तलाई सूचारु हुने भन्दै यसबाट ग्राहक बर्गहरुमा पर्न जाने असुविधा प्रति बितरण केन्द्र क्षमाप्रार्थी छ भनेको छ ।




















