गोरखा । गोरखामा बुहारी बलात्कार गरेको आरोप लागेका ब्यत्तीलाई अदालतको आदेशले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हाडनाता भित्रका ४९ बर्षिय ‘द कुमार’ नाम परिवर्तनलाई मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार गएको २०८० साल भाद्र १० गते बिहान ९ बजेको समयमा सिरानचाक गाउँपालिका–८ जौबारीका उनले ३५ बर्र्षिया बुहारी ‘अ कुमारी’ नाम परिवर्तनलाई बलात्कार गरेको आरोप लागेको हो ।
पिडित महिलाले ९ महिना पछी ०८१ साल बैशाख १० गते गोरखा प्रहरीमा जाहेरी दिएका हो । प्रहरीले आरोपितलाई बैशाख ११ गते उनकै घरठेगानाबाट पक्राउ गरी जबजस्ती करणी शिर्षकमा मुद्वा दर्ता गरेको थियो ।
अनुसन्धान पश्चात सरकारी वकिलको राय सहित जेठ १ गते गोरखा जिल्ला अदालत पेश हुदा आरोपितलाई पुर्पक्षका लागि कारागार चलान गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।




















