गोरखा । गोरखा रेडक्रसले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । शाखा कार्यालयमा एक कार्यक्रम गरी ट्राफिक प्रहरीलाई उक्त सामाग्री हस्तान्तरण गरेको अध्यक्ष भिमसेनकाजी बानियाँले बताए ।
कार्यक्रममा बोल्दै अध्यक्ष बानियाँले जिल्लामा ट्राफिक सप्ताह चलिरहेको बेला सहयोग गर्न पाएकोमा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने बताए ।
शाखाले ट्राफिक प्रहरी २० जोर जमबुट, २ दर्जन सेनिटाइजर र २ हजार ५०० थान मास्क सहयोग गरेको हो ।
सहयोग सामाग्रीहरु एक कार्यक्रम बिच जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठक र जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयका प्रमुख बरिष्ठ प्रहरी नायब निरिक्षक शिवप्रसाद पाठकलाई अध्यक्ष बानियाँले हस्तान्तरण गरेका थिए ।


