×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • १ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ७ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ७ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

‘क्यानभास’मा धार्चेको कलासंस्कृति र भूगोल

  •  गोरखा समाचार
  • शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रुपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’मा उतारिएको छ ।

    नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा धार्चे गाउँपालिका आयोजनामा स्थानीय खोर्लाबेँसीमा भएको ‘धार्चे चित्रकला कार्यशाला’मा २० जना कलाकारले आफ्ना कलाकृतिमा पालिकाको लोकपरम्परा, परिवेश, प्रकृति, जीवनशैली, रीतिरिवाज, भूगोल, वास्तुकला र जीवनशैली तथा मुहार चित्र आदि विषयवस्तुलाई ‘क्यानभास’मा उतार्नुभयो ।

    कार्यशालामा सिर्जना गरिएका ४० कलाकृति एक समारोहकाबीच प्रतिष्ठानका लोककला विभाग प्रमुख प्राज्ञ प्रदीप अधिकारीले गाउँपालिकालाई हस्तान्तरण गर्नुभयो । कार्यशाला अगाडि कलाकारहरुले पालिकाको कलासंस्कृति, जीनवशैली, रीतिरिवाज र भूगोग बुझ्न खोर्लाबेँसीदेखि हुलचुकसम्म भ्रमण गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले पालिकाको सम्पदालाई जीवन्त राख्न कलाकारले आफ्नो स्थानबाट योगदान दिएको र अब यी कलाबाटै गाउँको प्रचारप्रसार गर्न पालिकालाई सहज हुने धारणा राख्नुभयो । अधिकारीले कलाकृतिलाई पर्यटनसँग जोडेर सङ्ग्र्रहालयको अवधारणा तयार गर्न पनि पालिकालाई सुझाव दिनुभयो ।

    कलाकार दीपेन्द्रमान बनेपालीले धार्चे गाउँपालिकामा भरपुर पर्यटकीय सम्भावना रहेको आँैल्याउँदै आगामी दिनमा कला, संस्कृति र साहित्यका कार्यक्रमबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सुझाव दिनुभयो ।

    गाउँपालिका उपाध्यक्ष सुनिला गुरुङले कलाकृतिलाई उचित संरक्षण गर्ने र आगामी दिनमा अझ बृहत् कार्यक्रमको आयोजना गर्ने योजना रहेको बताउनुभयो । उहाँले कार्यशालामा सहकार्य तथा समन्वय गरेकामा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

    कार्यशालामा प्राज्ञ अधिकारी, मन गुरुङ, केशवराज खनाल, एनबी गुरुङ, पृथ्वी श्रेष्ठ, अशुराम खाइजु, डिबी राई, लीलाधर केसी, विके नरबहादुर, सुरेम देशार, केदार दाहाल, सुचिन श्रेष्ठ, रूपक राई, प्रितम थापा, दीक्षा राई, श्रीमिला श्रेष्ठ र कोपिला राईलगायतले कलाकृति सिर्जना गर्नुभएको गाउँपालिकाले जनाएको छ ।

    गण्डकी प्रदेशअन्तर्गत गोरखाको उत्तरपूर्वी क्षेत्रमा धार्चे गाउँपालिका अवस्थित छ । धार्चे जिल्ला सदरमुकाम गोरखाबाट करिब ७२ किमी उत्तरपश्चिममा पर्दछ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वसाशित क्षेत्र तिब्बतसँग जोडिएको उक्त गाउँपालिकाको दक्षिणतर्फ आरुघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र पश्चिममा बारपाक सुलिकोट गाउँपालिका रहेका छन् ।

    पर्यटन पदयात्रा तथा सांस्कृतिक, धार्मिक तथा प्राकृतिक मनोरम दृश्यावलोकनका लागि धार्चे प्रसिद्ध मानिन्छ । कृषि तथा पशुपालन मुख्य मेरुदण्डका रुपमा रहेको धार्चे पछिल्लो समय पर्यटकीय क्षेत्रका रुपमा पनि विकास हुँदै गइरहेको छ ।

    गाउँपालिकाले पर्या–पर्यटन, साहसिक, सांस्कृतिक तथा धार्मिक पर्यटनलाई विशेष जोड दिई धार्चेमा रहेको विभिन्न समुदाय र उनीहरुको मौलिक संस्कृतिसँग सम्बन्धित चाडपर्व, जात्रा तथा नाचलाई विभिन्न माध्यमबाट प्रचारप्रसार गर्दै आइरहेको छ ।

    रासस

    लेखकबाट थप:

    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख २९, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.