गोरखा । जिल्लामा चलिरहेको ट्राफिक सप्ताह अन्तरर्गत शनिबार जिल्लाको चुमनुब्री बाहेकका सबै स्थानिय तहमा ट्राफिक जनचेतना सम्वन्धी कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक शिवप्रसाद पाठकका अनुसार शुक्रबार ६ हजार ८५२ जना सरोकारवालाहरु संग छलफल गरीएको हो ।
सदरमुकाममा जिल्ला ट्राफिक प्रहरी कार्यालय र अन्य पालिकाहरुका अस्थायी ट्राफिक प्रहरी पोष्टहरुले कार्यक्रम संचालन गरेको थियो । सदरमुकाममा रिपुमर्दन गण नाम्जाली डाँडामा रहेका नेपाली सेनाका सक्कल दर्जाका १२० जना कर्मचारीहरु र सशस्त्र प्रहरी गुल्म गोरखामा कार्यरत सशस्त्र प्रहरीबलका ७८ जना कर्मचारीहरुलाई प्रशिक्षण गराइएको प्रमुख पाठकले जानकारी दिए ।
त्यसैगरी, सदरमुकामकै टक्सारमा रहेको मनकामाना बहिरा माध्यामिक बिद्यालयका ८७ जना शिक्षक र बिद्यार्थिहरुलाई पनि प्रशिक्षण गराईएको कार्यालयले जानकारी दिएको छ ।
त्यसका साथै भिमसेन थापा गाउँपालिकाको घ्याम्पेसालमा रहेको नवज्योती माध्यामिक बिद्यालयमा अध्ययनरत १५३ जना बिद्यार्थीहरुलाई पनि प्रशिक्षण गराईएको ।
सप्ताहको चौथो दिन सिट क्षमताको कार्यान्वयनका क्रममा १२८ वटा सवारी चेक जाँच गरिएको थियो । जसमा ५ वटा सवारीले क्षमताभन्दा बढी यात्रु बोकेको पाईए पछी कारवाही गरिएको छ ।
चालक यात्रु मैत्री कार्यक्रम अन्तरर्गत १ हजार ८७९ जना, ३ हजार २६८ जना सर्वसाधारण, ९५० जना बिद्यार्थी, नेपाली सेना, नेपाल प्रहरी र शसत्र प्रहरीका ७५० जनागरी कुल ६ हजार ८५२ जनलाई प्रशिक्षण गराईको पनि कार्यालय प्रमुख पाठकले बताए ।







