गोरखा । गोरखा बजारमा केही समय अगाडी अचानक परेको चट्याङमा परी २ बाख्रा मरेका छन् । सफा मौसमका बिच परेको चट्याङले सदरमुकामको पैरेनी खोला क्षेत्रमा २ बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिए ।
उनका अनुसार गोरखा नगरपालिका–८ को पैरेनी खोला क्षेत्रमा बसोबास गदै आएकी सुनमायाँ बिकको बाख्रा खोरमा चट्याङ पर्दा ५ वटा बाख्रा मध्ये २ वटा बाख्रा मरेको हो ।
चट्याङ दिउसो ३ः१८ बजे परेको थियो । बाख्रा खोर संग जोडिएको चिलाउनेको रुखमा चट्याङ परेर बाख्रा मरेको प्रहरीले जानकारी दिएको छ ।
मरेको बाख्रा मध्ये १ वटा केही समय लगत्तै ब्याउने अवस्थाको अर्को पाठी भएको सुकमायाँका आफन्त सरिता सुनारले बताए । घटना भएको र सुकमायाँको घर ५ मिटरको दुरीमा रहेको छ । चट्याङ पर्दा घरमा ११२ बर्षिया आमा पनि संगै रहेका थिए । उनलाई भने केही नभएको पनि सरिताले जनाकारी दिए ।






















